काठमाडौं । दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो । प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए ।
कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा ओलीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएको छ ।
प्रसाईंको फेसबुक पेजबाट हिजो एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो ।