२०८१ पौष ९, मङ्गलवार , १२:३३:३८ बजे

Sajhamanch
'

पाकिस्तानमा आतङ्कवादी आक्रमण, १७ जनाको मृत्यु

मङ्गलवार, मंसिर ४, २०८१

झापा । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सोमबार राति आतङ्कवाद विरोधी कारबाहीका क्रममा भएको गोलीबारीमा कम्तीमा नौ आतङ्ककारी र आठ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

स्रोतका अनुसार यो कारबाही खैबर जिल्लाको तिराह मैदान उपत्यकामा लस्कर–ए–इस्लाम आतङ्कवादी सङ्गठनको महत्त्वपूर्ण लक्ष्यलाई लक्षित गरी गरिएको थियो ।

यस कारबाहीमा लस्कर–ए–इस्लामका दुई प्रमुख कमान्डर पनि मारिएका छन् । कारबाहीमा सात सुरक्षाकर्मी र छ आतङ्ककारी घाइते भएका छन् ।

केही घण्टासम्म चलेको कारबाहीका क्रममा जिल्लाका विभिन्न तीन स्थानमा सेना परिचालन गरिएको थियो । स्थानीय श्रोतले भने वरपरका केही मानिसहरू घाइते भएको पनि बताएका छन् ।

सम्बन्धित खबर