२०८१ पौष ९, मङ्गलवार , ०९:१६:५३ बजे

Sajhamanch
'

नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने

मङ्गलवार, मंसिर ४, २०८१

झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने घोषणा गरेका छन् ।

उनले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गरि सेना प्रयोग गरेर भए पनि आप्रवासीलाई देश निकाला गर्ने योजना बनाएको बताएका हुन ।

वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि त्यस्ता लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने ट्रम्पको योजना रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

यही नोभेम्बर ५ मा डेमोक्रेटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित भएक थिए।

गएको जुलाईमा रिपब्लिकन नेशनल कन्भेन्सनमा उनले समर्थकहरू समक्ष अवैध आप्रवासीलाई फिर्ता पठाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

अमेरिकामा झण्डै एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेको र ट्रम्पको योजनाले दुई करोड परिवारमा प्रत्यक्ष असर पर्ने अनुमान छ ।

सम्बन्धित खबर