२०८१ पौष ९, मङ्गलवार , ०९:५७:१६ बजे

Sajhamanch
'

जर्मनीका ३२ लाख वृद्धवृद्धा गरिबीको जोखिममा

आइतवार, मंसिर २, २०८१

झापा । जर्मनीका ३२ लाख जना वृद्धवृद्धा गरिबीको जोखिममा रहेको पाइएको छ । जर्मन समाचार एजेन्सी डीपीएका अनुसार युरो स्ट्याटको तथ्याङ्कले ६५ वर्ष र ६५ वर्षभन्दा माथिका ३२ लाख जना जर्मन गरिबीको जोखिममा रहेको देखाएको छ ।

सन् २०१३ मा जर्मनीमा २४ लाख जना वृद्धवृद्धा आर्थिक समस्यामा परेकामा सन् २०२३ मा ३२ लाख जना पुगेका अध्ययनले जनाएको छ । यो वर्ष पनि सङ्ख्या घटेको छैन । मध्यम वर्गका ६० प्रतिशतभन्दा धेरै नागरिकको आयआर्जन बढ्न नसकेपछि गरिबीको जोखिम बढ्दै गएको खबरमा उल्लेख छ ।

जर्मनीको वृद्ध जनसङ्ख्या वर्षौंदेखि उल्लेखनीय रूपमा बढेको छ । सन् १९९१ मा एक करोड २० लाख रहेको वृद्ध जनसङ्ख्या सन् २०२२ अर्थात् दुई वर्षअघिसम्म १ करोड ८८ लाख हाराहारी पुगेको छ । जर्मनीमा ज्येष्ठ नागरिकले जनसङ्ख्याको ठूलो हिस्सा ओगटेका छन् ।

वृद्धवृद्धाको गरिबीको मुद्दाले देशमा पेन्सन सुधारको बारेमा बहसलाई तीव्र बनाएको छ । जर्मन राजनीतिक दलहरू यो समस्याको समाधानमा तीव्र रूपमा विभाजित छन् ।

सम्बन्धित खबर