२०८१ पौष ९, मङ्गलवार , ०७:३३:०६ बजे

Sajhamanch
'

दिल्लीका परिवहन मन्त्रीले दिए राजीनामा, आम आदमी पार्टी पनि परित्याग

आइतवार, मंसिर २, २०८१

झापा । भारत नयाँदिल्ली सरकारका परिवहन मन्त्री कैलाश गहलोतले मन्त्री पद र पार्टी सदस्य दुवैबाट राजीनामा दिएका छन् ।

हाल जेलमा रहेका आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई सम्बोधन गर्दै उनले पत्र लेखेका छन् र सोही पत्रमा उनले राजीनामाबारे उल्लेख गरेका छन् ।

उनले मन्त्री र आम आदमी पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

उनले पत्रमा लेखेका छन्, ‘दिल्लीका मन्त्री र विधायकको रुपमा जनताको सेवा दिएकोमा तपाईंलाई धन्यवाद । तर म तपाईंसँग यो कुरा जानकारी गराउँछु कि म आम आदमी पार्टीले आज ठूलो चुनौतिको सामना गर्नु परिरहेको छ ।’

उनले थप लेखेका छन्, ‘जनताप्रति हाम्रो प्रतिबद्धताको साटो राजनीति हाबी भएको छ । यमुना नदी सफा गर्ने लगायतका कयौं बाचा अधुरा छन् । हाल यमुना नदी पहिलेको तुलनामा प्रदूषित भएको छ ।’

उनले आफ्नो राजनीतिक करियर दिल्लीका जनताको सेवा गर्ने प्रतिबद्धताका साथ सुरु गरेको भन्दै त्यसलाई जारी राख्ने बताएका छन् । तर, धेरै समय केन्द्र सरकारमा बिताउँदा आम आदमीले दिल्लीको सही विकास गर्न नसक्ने भन्दै उनले मन्त्री र आम आदमी पार्टीको सदस्यता त्याग्नु उचित हुने बताएका छन् ।

सम्बन्धित खबर