
झापा । भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटर अर्थात् एक्समा पोस्ट गर्दै लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण सफल भएको जानकारी गराएको बीबीसी हिन्दीले जनाएको छ ।
रक्षामन्त्री सीहले यो उपलब्धिका लागि बधाई ज्ञापन गरेका छन् । भारतले ओडिसाको डा। एपीजे अब्दुल कलाम टापुबाट हिजो मिसाइलको सफल परीक्षण गरेको हो ।
भारतीय शसस्त्र बल र रक्षा अनुसन्धान एवम् विकास सङ्गठनले संयुक्त रूपमा मिसाइलको परीक्षण गरेका हुन् । भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेर ठूलो उपलब्धि हासिल गरेको रक्षा मन्त्री सिंहले बताएका छन् ।