२०८१ पौष १०, बुधवार , १०:१८:१९ बजे

Sajhamanch
'

पहिलो पटक इजरायली रक्षा मन्त्रालयमा आक्रमण गरेको हिजबुल्लाहको दाबी

बिहिवार, कार्तिक २९, २०८१

झापा । लेबनानको विद्रोही समूह हिजबुल्लाहले पहिलो पटक इजरायली रक्षा मन्त्रालयको मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ ।

इजरायलसँगको द्वन्द्वपछि पहिलो पटक रक्षा मन्त्रालयको मुख्यालमा आक्रमण गर्न सफल भएको हिजबुल्लाहको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राजधानी तेल अभिभमा रहेको मुख्यालयमा आत्मघाती ड्रोन हमला भएको खबरमा उल्लेख छ । यो आक्रमण गाजामा प्यालेस्टाइनका नागरिकलाई सहयोग गर्न तथा लेबनान र त्यहाँका नागरिकको रक्षा गर्नका लागि गरिएको हिजबुल्लाहको दाबी छ । इजरायली सेनाले यो आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

गएको सेप्टेम्बरदेखि इजरायली सेनाले हिजबुल्लाहसँगको द्वन्द्वका क्रममा लेबनानमा हवाई आक्रमणलाई तीव्र बनाएको छ । इजरायलले अक्टोबरको शुरूदेखि लेबनानमा सैनिक नै पठाएर आक्रमण गरिरहेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार एक वर्षको अवधिमा इजरायली आक्रमणबाट ३२०० जनाभन्दा धेरै लेबनानी नागरिक मारिएका छन् । यस्तै १४ हजार जनाभन्दा धेरै घाइते भएका छन् ।

सम्बन्धित खबर