२०८१ मंसिर ६, बिहिवार , ०२:२७:३७ बजे

Sajhamanch
'

सरकार र निजी क्षेत्रले उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रूपमा सबल बनाउनको लागि उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन्।

काठमाडौंमा बिहीबार भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटनमा बोल्दै उनले निजी क्षेत्र र सरकार दुवैले उत्पादनमुलक क्षेत्रमा जोड दिन आवश्यक रहेको बताए।

‘नेपालमा सबैले उत्पादनको क्षेत्रमा जोड दिनुपर्छ। उत्पादनको क्षेत्रले नेपालको जिडीपी पुर्‍याएको योगदानमा कमी आइरहेको छ। त्यसलाई स्तरवृद्धी गर्नको लागि उत्पादनमुलक उद्योगहरूमा जोड दिनुपर्छ।

मानिसहरु स्वास्थ भए मात्रै हिँड्डुल गर्नसक्छौं। ऊर्जा उत्पादनमा लागेर उत्पादनमुलक क्षेत्रमा आवश्यक विद्युत सप्लाई गर्न सक्नुपर्छ,’ उनले भने, ‘विद्युतको लागि ट्रान्समिसन लाइनदेखि अन्य सबै कम्पोनेन्टमा मेड इन नेपाल नेपालमा बनेका सामान राखेर गर्न सकियो भने राम्रो परिणाम दिनेछ। नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारले निजी क्षेत्रले दिएका सुझावलाई ध्यान दिएर कार्यान्वयनमा जोड दिइरहेको छ। त्यसको परिणाम सबैले केही समयमा आउँछ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्र चलायमान बनाउने इन्जिन भएको बताए।

अर्थतन्त्रलाई चलायमान बनाउने इन्जिनलाई सरकारले प्राथमिकता अझै दिन नसकेको भन्दै उनले गुनासो गरेका थिए।

सम्बन्धित खबर