२०८१ कार्तिक २९, बिहिवार , ०१:५८:०३ बजे

Sajhamanch
'

भारतको दिल्लीमा वायु प्रदूषणको स्तर फेरि गम्भीर अवस्थामा

बिहिवार, कार्तिक २९, २०८१

झापा । भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर फेरि गम्भीर अवस्थामा पुगेको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार बिहान ६ बजे दिल्लीका धेरै क्षेत्रमा वायु प्रदूषणको स्तर ‘गम्भीर’ वा ‘अत्यधिक खराब’ स्तर्मा रेकर्ड गरिएको हो ।

आज बिहीवार बिहान दिल्लीको आनन्द बिहार क्षेत्रको हावा सबैभन्दा प्रदूषित थियो । प्रदूषणको स्तर मापन गर्ने आईक्यूएअरका अनुसार त्यस क्षेत्रको हावामा बिहान ८ बजे एक्यूआई ४७२ रेकर्ड भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्लीमा धेरै ठाउँको वायुको गुणस्तर सूचकाङ्क ४५० भन्दा माथि छ भने सबै जिल्लामा चार सयभन्दा माथि पुगेको छ, यो ‘अति खराब’ को स्तरमा पर्छ । आईक्यूएअरका अनुसार प्रदूषित शहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ ।

राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ । पछिल्लो केही दिनदेखि दिल्लीमा बगिरहेको यमुना नदीमा वायु प्रदूषणसँगै फोमको बाक्लो तह पनि देखिएको छ ।

सम्बन्धित खबर