२०८१ कार्तिक २७, मङ्गलवार , ०९:२६:११ बजे

Sajhamanch
'

स्थानीय तह उपचुनाव एमालेबाट को को उम्मेदवार ? (सूचीसहित)

शनिवार, कार्तिक २४, २०८१

काठमाडौं । नेकपा एमालेको आज शनिबार बसेको सचिवालय बैठकले १६ मंसिरमा हुने उपचुनावका लागि उम्मेदवारहरुको नाम अनुमोदन गरेको छ ।

पार्टीको तल्लो कमिटीले निर्णय गरेर पठाएका उम्मेदवारको नाम शनिबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

१६ मंसिरमा स्थानीय तहको प्रमुखदेखि वडाध्यक्षसम्मका ४२ पदमा उपचुनाव हुँदैछ । तीमध्ये धेरै ठाउँको उम्मेदवार एमालेले सर्वसम्मत रुपमा टुंग्याएको छ । उम्मेदवार टुंगिन बाँकी दैलेखको महाबु गाउँपालिकाको अध्यक्षबारे निर्णय लिने अधिकार सचिवालयले प्रदेश कमिटीलाई दिएको छ ।

उपचुनावका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर र मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वास उम्मेदवार पक्का भएका छन् ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन, जाजरकोटको नलगाड नगरपालिका उपमेयरमा सुनिता बोहरा उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै बाजुराको स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षमा सुलोचना कुमारी भण्डारी बुढा र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा जाना शाही उम्मेदवार बन्ने भएका छन् ।

उपचुनावका लागि आगामी २ मंसिरमा मनोनयन दर्ता हुँदैछ ।

हेर्नुहोस् उपनिर्वाचन हुने कुन स्थानमा को उम्मेदवार ?

सम्बन्धित खबर