२०८१ कार्तिक ७, बुधवार , ०५:३२:३६ बजे

Sajhamanch
'

१०० दिनमा लक्ष्यको ७० प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीको दाबी (पूर्ण पाठसहित)

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै उनले सरकारको १०० दिनको उपलब्धी सार्वजनिक गर्दै उनले ७० प्रतिशत प्रगति भएको दाबी गरेका हुन । उनले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि बताए।

अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको पनि प्रधानमन्त्री ओलीले बताए। तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उनको भनाइ छ ।

सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको भन्दै उनले यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला भएको दाबी गरे। उनले सरकार ढल्छ भन्ने आशा नगर्न विपक्षीलाई अनुरोध गरे। उनले जुनसुकै कालखण्डको भए पनि भ्रष्टचारीमाथी कारबाही हुने बताए।

पूर्ण पाठ :

सम्बन्धित खबर