२०८१ कार्तिक ७, बुधवार , १२:२३:१० बजे

Sajhamanch
'

सुनको भाउ तोलाको १,६६,७०० रुपैयाँ !

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ आज ८०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको छ ।

यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार दशैँ बिदापछि सुनको भाउ लगातार बढिरहेको छ ।

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै भाउ बढेको महासङ्घको भनाइ छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको २ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर