२०८१ कार्तिक ७, बुधवार , १२:१८:३० बजे

Sajhamanch
'

चीनबाट आउने सामानमा क्यानडाले लगायो २५ प्रतिशत कर

बुधवार, कार्तिक ७, २०८१

झापा । क्यानडाले चीनबाट आयात हुने इस्पात र आल्मुनियममा २५ प्रतिशत कर लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले चीनले व्यापारमा अनुचित तरिका अपनाएको आरोप पनि लगाएका छन् ।

सस्तो इस्पात र आल्मुनियममार्फत चीनले अन्तरराष्ट्रिय बजारमा ठुलो प्रभाव पारिरहेको माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा उनले लेखेका छन् ।

चीनको अनुचित व्यापार अभ्यासले क्यानाडाली कामदारहरूलाई ठुलो नोक्सान पुर्‍याएको र यसको विरुद्ध आफूहरूले कदम उठाउन लागेको ट्रूडोले लेखेका छन् ।

यसअघि अप्रिलको सुरुमा आफ्नो चीन भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले पनि चिनियाँ अधिकारीसँगको वार्तामा विश्व बजारमा सस्तो चिनियाँ उत्पादनको प्रचुरताबारे चिन्ता व्यक्त गरेकी थिइन् ।

मे महिनामा चिनियाँ राष्ट्रपति सी जिनपिङ फ्रान्सको भ्रमणमा रहेका बेला युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले पनि यो मुद्दा उठाएका थिए ।

सम्बन्धित खबर