२०८१ कार्तिक ७, बुधवार , १०:३१:५६ बजे

Sajhamanch
'

सन् २०२४ र २०२५ मा समग्रमा विश्व आर्थिक वृद्धिदर केही घट्ने

बुधवार, कार्तिक ७, २०८१

झापा । यस वर्ष विश्वको आर्थिक वृद्धिदर केही घटेर ३ दशमलव २ प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अनुमान गरेको छ ।

आफ्नो नयाँ विश्व आर्थिक आउटलुक (डब्ल्यूईओ) प्रतिवेदनमा आईएमएफले विश्वव्यापी मुद्रास्फीति घटेर यस वर्ष ५ दशमलव ८ प्रतिशत हुने र सन् २०२५ मा ४ दशमलव ३ प्रतिशतमा झर्ने अनुमान रहेको उल्लेख गरेको छ ।

तर आर्थिक वृद्धिमा ठूलो गिरावट वा विश्वव्यापी मन्दीविना मुद्रास्फीति विस्तारै सही दिशातर्फ जाने आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चासले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

विकसित अर्थतन्त्रहरू सन् २०२५ मा केन्द्रीय बैंकको लक्ष्यमा फर्किने र उदीयमान बजारका लागि भने केही समय लाग्ने अनुमान रहेको उहाँको भनाइ छ ।

प्रकाशन विश्व अर्थतन्त्रबारे छलफलका लागि विश्वभरका वित्तमन्त्री र केन्द्रीय बैंकरहरूलाई एकत्रित गर्ने आईएमएफ र विश्व बैंकको वार्षिक बैठक अमेरिकामा भइरहेका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिका तथा फ्रान्स, बेलायत, इटलीलगायतका युरोपेली देशमा आर्थिक वृद्धिदर बढ्ने तर चीन र भारतको अर्थतन्त्र केही सुस्ताउने प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खबर