२०८१ कार्तिक ६, मङ्गलवार , ०१:१६:५६ बजे

Sajhamanch
'

दक्षिणी बेरुतको सरकारी अस्पताल नजिकै इजरायली आक्रमण, ४ जनाको ज्यान गयो

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । दक्षिणी बेरुतको मुख्य सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणमा चार जनाको ज्यान गएको छ । हवाई आक्रमणमा एक बालकसहित चार जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हवाई आक्रमण रफिक हरिरी विश्वविद्यालय अस्पतालको कार पार्किङ क्षेत्रमा भएको देखिएको खबरमा उल्लेख छ । यो घटनामा अन्य २४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो हवाई आक्रमण सोमवार बेलुकी दक्षिण बेरुतमा भएको १३ हवाई आक्रमणमध्ये एक रहेको बीबीसीले जनाएको छ । इजरायली सेनाले हिजबुल्लाहसँग जोडिएको ठाउँमा आक्रमण गरेको बताएको छ ।

यसअघि सोमवार एक इजरायली प्रवक्ताले मानिसहरूलाई बेरुतका धेरै ठाउँबाट टाढा रहन चेतावनी दिएका थिए । यद्यपि रफिक हरिरी अस्पताल यसमा समावेश गरिएको थिएन ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गएको पाँच हप्तामा १ हजार ८०० सहित अहिलेसम्म २ हजार ४०० जनाभन्दा धेरै मानिसको ज्यान गएको छ ।

सम्बन्धित खबर