२०८१ कार्तिक ५, सोमवार , ०७:४७:५१ बजे

Sajhamanch
'

वुमेन्स साफ च्याम्पियनसिप २०२४ : माल्दिभ्सलाई नेपालको ११ गोल

सोमवार, कार्तिक ५, २०८१

काठमाडौँ । रेखा पौडल र प्रीति राईको ह्याट्रिकमा नेपालले वुमेन्स साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज सोमबार माल्दिभ्सलाई ११–० ले पराजित गरेको छ । यो जितसँगै नेपालले समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ ।

नेपालको दुई खेलबाट चार अंक भएको छ । भुटानको पनि दुई खेलबाट चारै अंक रहेको छ । नेपाल गोल अन्तरका आधारमा समूहको पहिलो रहेको हो । श्रीलंका तीन अंकका साथ तेस्रो स्थानमा छ । माल्दिभ्सको भने शून्य अंक छ ।

यससँगै प्रतियोगितामा माल्दिभ्सको चुनौती समाप्त भएको छ । अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । भुटान भने माल्दिभ्ससँग भिड्ने छ ।

दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेलले पाँच गोल गरिन् । उनले ३२, ४२, ४८, ६३ र ७७औं मिनेटमा गोल गरिन् । यस्तै, प्रीति राईले ६, ६५ र ८७औं मिनेटमा गोल गरेकी थिइन् । अन्य तीन गोल भने सविता रानामगर, अनिता केसी र अमिशा कार्कीको नाममा रह्यो ।

सविताले २९, अनिताले ६८ र अमिशाले ८८औं मिनेटमा गोल गरे । यसै खेलबाट नेपालका लागि सजनी थोकरले डेब्यु गरेकी छिन् ।

यही प्रतियोगिताका लागि फ्रान्सबाट आइतबार बिहान नेपाल आइपुगेकी सावित्रा भण्डारीले भने मैदानमा उत्रिनु परेन ।

सम्बन्धित खबर