२०८२ जेठ १८, आइतवार , ०४:४०:१९ बजे

Sajhamanch
'

असोजमा ५३ हजार कामको खोजीमा विदेशीए, मलेसिया मात्र ४३ जना

शुक्रवार, कार्तिक २, २०८१

काठमाठौं । असोजमा ५३ हजार ५२५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको मासिक विवरणअनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला कामको खोजीमा बाहिरिएका छन्।

असोजमा म्यानपावर कम्पनीमार्फत २४ हजार ३९१ जनाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगत नयाँ ८ हजार ९३८ जनाले श्रम स्वीकृति लिएका छन्।

पुनः श्रम स्वीकृति लिनेहरू भमे १९ हजार ३५६ जना रहेका छन्। सबै प्रक्रियाबाट असोजमा ५३ हजार ५२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। गत बर्ष असोजमा ३१ हजार ३६८ जनाले श्रम स्वीकृति लिएका थिए।

साउदी १० हजार, कतार ९ हजार ७००, कुवेत ३ हजार ८००, कोरिया १ हजार १०६ जना र जापान १ हजार ४५६ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ।

यस्तै, युरोपेली देश रोमानिया २ हजार २०० जना, ओमान २७२ जना, क्रोएसिया ७८३ जना, साइप्रस ४८५ जना गएकोमा म्यानपावर मार्फत ४२३ जना, जोर्डनका लागि १०७ जना, मलेसिया ४३ जना र मरिससमा ८७ जना गएको विभागले जनाएको छ।

मलेसियाको रोजगारी बन्द भएका कारण त्यहाँ जाने कामदारको संख्या घटेको विभागले जनाएको छ। गत मार्चदेखि मलेसियाको रोजगारी बन्द छ। असोज र कात्तिक नेपालीका चाडपर्वका महिना भएपनि वैदेशिक रोजगारमा जाने क्रम अघिल्ला महिनाजस्तै यथावत् देखिएको छ।

सम्बन्धित खबर