२०८१ कार्तिक २, शुक्रवार , १०:१५:४२ बजे

Sajhamanch
'

उपचुनावका लागि निर्वाचन अधिकृतको कार्यालय तय

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ ।

उपचुनाव हुने जिल्लामा रिक्त नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको चुनावका लागि सम्बन्धित पालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोेटाले जानकारी दिए।

त्यसैगरी वडाध्यक्षको मात्र चुनावका लागि सम्बन्धित वडाको केन्द्र रहेको ठाउँमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ ।

सम्बन्धित खबर