२०८१ कार्तिक १, बिहिवार , ०३:५९:३६ बजे

Sajhamanch
'

सेयर बजारमा बढ्यो कारोबार, नेप्से परिसुचक २७४५ अंकमा

बिहिवार, कार्तिक १, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ । हिजोको तुलनामा आज नेप्से परिसूचक २ दशमलव ४७ अंक बढेसँगै २७४५ मा कायम भएको हो ।

दिउँसो कारोबार भइरहँदा २ः१० बजे बजार २७८० अंकसम्म पुगेको थियो । त्यसपछि बजार ओरालो लाग्दा वृद्धि खुम्चिन पुगेको हो ।

बजार घट्दा पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा आज ७ अर्ब १९ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रह्यो ।

व्यापार समूह सबैभन्दा धेरै २ दशमलव १० प्रतिशत घट्यो । बैंकिङ ० दशमलव ४०, फाइनान्स ० दशमलव ५१, लगानी ० दशमलव ७१, उत्पादन ० दशमलव २१, अन्य ० दशमलव ३६ प्रतिशत बढ्दा निर्जीवन बीमा स्थिरजस्तै रह्यो । माइक्रोफाइनान्स ० दशमलव १९, जीवन बीमा ० दशमलव २४, हाइड्रोपावर ० दशमलव १२, होटल तथा पर्यटन १ दशमलव ४८ र विकास बैंक समूह ० दशमलव ६४ प्रतिशत घटेका छन् ।

गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ७ दशमलव ६ प्रतिशत बढ्यो । समाज लघुवित्तको ५ दशमलव १२, रावा इनर्जीको मूल्य ५ दशमलव १२ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको ५ दशमलव १९ प्रतिशत मूल्य घट्यो ।

मिडसोलु हाइड्रोपावरको ५ दशमलव ०३, सामुदायिक लघुवित्तको ४ दशमलव ४७, सपोर्ट माइक्रोफाइनान्सको ३ दशमलव ४१, विशाल बजार कम्पनीको ३ दशमलव १६ तथा आत्मनिर्भर लघुवित्तको ३ दशमलव ०४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा कुमारी बैंक, एचआईडीसीएल प्रमोटर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर र गुडविल फाइनान्स क्रमशः अगाडि रहेका छन् ।