२०८१ कार्तिक २, शुक्रवार , ०७:५१:५७ बजे

Sajhamanch
'

मेचीनगरमा शिक्षा नियमावली २०८१ जारी गरियो

बुधवार, असोज ३०, २०८१

मेचीनगर । स्थानीय सरकार सञ्चालन ऐनले दिएको क्षेत्राधिकार भित्र रहेर मेचीनगर नगरपालिकाले समग्र शिक्षा क्षेत्रलाई कानुनसम्मत थप व्यवस्थित बनाउन ‘शिक्षा नियमावली २०८१’ जारी रेको छ ।

मेचीनगरले शिक्षा ऐनको दफा ३७ ले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) बमोजिम मेचीनगर नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी दफा तथा उपदफाहरु कार्यान्वयनका लागि ूमेचीनगर नगरपालिका शिक्षा नियमावली २०८१’ जारी गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताएका छन् ।

शिक्षा क्षेत्रलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरू गर्दै आएको नगरपालिकाले यसलाई थप व्यवस्थित पार्दै कानुन सम्मत सञ्चालन गर्नु वाञ्छनीय भएकाले शिक्षा नियमावली जारी गरिएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।

मेचीनगर नगरपालिकाको शिक्षा नियमावली २०८१ नगर कार्यपालिकाबाट २०८१ साल जेठ १५ गते स्वीकृत भई नगरप्रमुख गोपालचन्द्र बुढाथोकीबाट यही असोज १६ गते प्रमाणिकरण भएको मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिए । उनले शिक्षा क्षेत्रमा धेरै कामहरू भइरहेको भए तापनि अब शिक्षा नियमावली जारी भएसँगै अझ बढी शिक्षा सम्बन्धी कार्यसम्पादन गर्न सहज हुने बताए ।

सम्बन्धित खबर