२०८१ असोज ३०, बुधवार , ०३:००:५९ बजे

Sajhamanch
'

विपद्ले शिक्षा क्षेत्रमा परेको असरबारे शिक्षामन्त्रीले प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दै

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । बाढी पहिरो तथा डुबानले विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्रीले सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएकी छन् ।

असोज ११ गतेदेखि परेको भारी वर्षाका कारण विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्री विद्या भट्टराईले प्रदेश मन्त्रीहरूसँग छलफल गर्न लागेकी हुन् ।

सातै प्रदेशका शिक्षा हेर्ने सामाजिक विकासमन्त्रीहरूसँग असोज २२ गते छलफल गर्न लागिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।

आजको लागि तय भएको छलफल असोज २२ गतेका लागि सारिएको हो । मन्त्री भट्टराई आज विधेयक समितिको बैठकमा जानुपर्ने भएकाले २२ गतेका लागि बोलाइएको प्रवक्ता भट्टराईले बताए ।

बाढी पहिरो तथा डुबानका कारण देशभरका करिब १५० विद्यालयमा क्षति पुगेको मन्त्रालयको पूर्वानुमान छ । मन्त्रालयले क्षतिको विवरण संकलन गरिरहेको छ । अहिले नै क्षतिको यकिन विवरण आइनसकेको प्रवक्ता भट्टराईले बताए ।

ल्बदष् िदबलप
मन्त्री भट्टराईले प्रदेश मन्त्रीहरूसँग अन्य सरोकारवाला निकायसँग समेत छलफल गर्न लागेकी हुन् । शिक्षा क्षेत्र सरोकार राख्ने निकायहरूसँग क्षतिबारे जानकारी दिनुका साथै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल थालेकी हुन् ।

सम्बन्धित खबर