२०८१ पौष ७, आइतवार , ०४:३५:५२ बजे

Sajhamanch
'

अमेरिकामा हेलेनु आँधी : ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

शुक्रवार, असोज १८, २०८१

अमेरिकामा हेलेनु नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् ।

ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले जनाएको छ । त्यहाँ सन् २००५ मा आएको कट्रिनाु नामको विनाशकारी र घातक आँधीपछि अहिलेको हेलेनु आँधीले बढी मानवीय तथा भौतिक क्षति गरेको समाचारमा उल्लेख छ । आँधीका कारण विभिन्न ठाउँमा पहिरो गएपछि झन्डै १० लाख मानिस बिजुली र पानीविहीन भएका छन् ।

ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि राष्ट्रपति जो बाइडेनले हिजो फ्लोरिडा र जर्जिया भ्रमण गरे । गएको हप्ता आएको आँधीका कारण निम्तिएको बाढी तथा पहिरोबाट प्रभावितहरूलाई राष्ट्रपति बाइडेनले उनीहरूको पुनर्स्थाना नभएसम्म सरकारले सहयोग गरिरहने बताउनुभएको छ । उनले फ्लोरिडा, जर्जिया, उत्तरी र दक्षिणी क्यारोलिना र भर्जिनियामा प्रकोप सहायता पनि स्वीकृत गरे ।एजेन्सी

सम्बन्धित खबर