२०८२ असार ११, बुधवार , ०५:४१:३० बजे

Sajhamanch
'

संयुक्त राष्ट्रसङ्घका महासचिवलाई देश प्रवेशमा रोक लगाउने इजरायलको घोषणा

बुधवार, असोज १६, २०८१

झापा । इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

इजरायली विदेशमन्त्री इसराइल काट्जले ट्वीट गरेर गुटरेसलाई देश प्रवेशमा रोक लगाइएको बताएको बीबीसीले जनाएको छ । इजरायलमाथि इरानको जघन्य आक्रमणको स्पष्ट निन्दा गर्न नसक्ने जो कोहीलाई इजरायली भूमिमा पाइला टेक्ने अधिकार नभएको इजरायलका विदेशमन्त्री काट्जले बताएका छन् ।

गएको वर्षको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा १२०० जनाभन्दा धेरैको हत्या गरेको घटनामा पनि संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसले हमासलाई आतङ्कवादी सङ्गठन घोषणा गर्ने कुनै प्रयास नगरेको भन्दै इजरायलले आपत्ति जनाएको छ ।

इजरायलले एन्टोनियो गुटरेसको सहयोगविना पनि आफ्ना नागरिकको रक्षा गर्न र राष्ट्रिय सम्मानको रक्षा गर्न सक्ने जनाएको छ ।

सम्बन्धित खबर