२०८१ पौष १५, सोमवार , ०४:००:०० बजे

Sajhamanch
'

अमेरिकामा हेलेन आँधीका कारण मर्नेको संख्या १२८ पुग्यो

मङ्गलवार, असोज १५, २०८१

झापा । दक्षिण पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तिमा १२८ जनाको मृत्यु भएको छ । आँधीका कारण ६ अमेरिकी राज्यमा हताहतको खबर आएको छ ।सबैभन्दा धेरै नर्थ क्यारोलिनामा ५६ जनाको ज्यान गएको छ ।

साउथ क्यारोलिनामा पनि ३० जनाको मृत्यु भएको छ । जर्जियामा २५, फ्लोरिडामा ११, टेनेसीमा ४ र भर्जिनियामा थप २ जनाको मृत्यु भएको बताइएको छ । आँधीको प्रभावबाट उब्रिन हप्तौँ, महिनौं र वर्षौ लाग्ने नर्थ क्यारोलिनाका महान्यायाधीवक्ता जोश स्टेनले भनेका छन् ।

कयौँ मानिस बेपत्ता र गम्भीर घाइते भएकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताइरहेका छन् । क्यारोलिनामा सयौँ बाटो अझै पनि बन्द छ ।

सम्बन्धित खबर