२०८१ पौष २७, शनिवार , ११:०८:४४ बजे

Sajhamanch
'

अविरल वर्षादका कारण दक्षिणी झापा डुवानमा

शुक्रवार, असोज ११, २०८१

भद्रपुर । असोजको पहिलो साता अत्याधिक गर्मीका कारण प्रभावित भएको झापाको जनजीवन तीन दिनयता अविरल वर्षातबाट अझ कष्टकर बनेको छ । बुधबार बेलुकादेखि शुरू भएको सिमसिम वर्षात गए रातिबाट मुसलधारे हुन थालेपछि झापाका अधिकांश भूगोलका बासिन्दा प्रभावित भएका छन् ।

पानीले अधिकांश सडक पूर्णरूपमा डुबेका छन् । आवतजावतमा समस्या भइरहेको छ । विद्यालयहरू पूर्णरूपमा बन्द गरिएको छ ।

अधिक होचा भूभाग र खोला नदीको प्रभाव रहेका झापाका गौरीगञ्ज, गौरादह, शिवगञ्ज, झापा, शरणामती, जलथल, अनारमनी, चन्द्रगढी, भद्रपुर, केचना, घेराबारी र पाठामारीका अधिकांश भूभाग डुबानमा परेका छन् ।

जल तथा मौषम विज्ञान विभागले सूचना जारी गर्दै झापाका कनकाई, बिरिङ, निन्दा, मेची नदी आसपासको क्षेत्र बाढी तथा डुवानको जोखिम क्षेत्र भएकाले सकेसम्म भुइँतलामा अन्नपात नराख्न र सचेत भएर बस्न सर्वसाधरणलाई सूचना जारी गरेको छ ।

जल तथा मौषम विज्ञान केन्द्रका अनुसार नेपालमा मनसुनी वायु कायमै रहेको छ । जारी वर्षाद बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर अविरल वर्षा भइरहेको छ । त्यसको प्रभावले सिमसिमदेखि भिषण आरीघोप्टे वर्षासम्म हुनसक्ने अनुमान गरिएको छ ।

यो भिडियो पनि हेर्नुस्……..

https://fb.watch/uShV82asvW/

 

सम्बन्धित खबर