२०८१ पौष २२, सोमवार , ०६:५२:०२ बजे

Sajhamanch
'

चीनले दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्‍यो

बुधवार, असोज ९, २०८१

झापा । चीनले दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को परीक्षण गरेको छ । चीनले प्रशान्त महासागरमा ‘डमी वारहेड’ बोकेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको बताएको बीबीसीले जनाएको छ ।

चीनले यसलाई नियमित परीक्षण भनेको छ । विश्लेषकहरूले भने चीनले पछिल्लो पटक सन् १९८० मा यस्तो परीक्षण गरेको र यसलाई नियमित भनेर वर्णन गर्नु अचम्मको कुरा भएको बताएका खबरमा उल्लेख छ । चीनले यो आफ्नो सेनाको नियमित र वार्षिक तालिमको हिस्सा भएको बताएको छ ।

चीनको सरकारी मिडियाका अनुसार बेइजिङले अन्तरदेशीय ब्यालेस्टिक मिसाइलको परीक्षणको बारेमा नजिकका देशहरूलाई पहिलो नै जानकारी गराएको थियो ।

अमेरिकी रक्षा विश्लेषक जोन रिजले अमेरिकालाई आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएको बीबीसीको खबरमा उल्लेख छ ।