२०८१ असोज ३०, बुधवार , ०६:०५:२३ बजे

Sajhamanch
'

भदौ महिनामा काम खोज्दै ५७ हजार नेपाली बिदेसिए

बुधवार, असोज ९, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि एक महिनामै ५७ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । भदौ महिनामा वैदेशिक रोजगारीमा ५७ हजार ४९३ जना नेपाली बिदेसिएका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली बिदेसिएका छन् । भने १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

त्यसरी बाहिरिनेमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । म्यानपावर कम्पनी मार्फत २९ हजार ५२८ जना गएका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जना गएका छन् । त्यस्तै जीटुजी मार्फत एक हजार ३ जना गएका छन् ।

भदौ महिनामा सबैभन्दा बढी युएईमा गएका छन् । यूएईमा १८ हजार ६०५ जना नेपाली गएका छन् । त्यस्तै कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५,कुवेतमा चार हजार २१५, रोमानियामा एक हजार ८८८ जना नेपाली गएको विभागको तथ्याङ्क छ ।

मलेसिया जाने श्रमिकमा भने व्यापक गिरावट आएको छ । कुनै समय प्रमुख श्रम गन्तव्य मुलुक रहेको मलेसियामा भदौ महिनामा भने एक हजार १९५ श्रमिक गएका छन् ।

मलेसियाले गत मार्चमा आप्रवासी कटौती गर्ने निर्णय गरेसँगै गिरावट आएको हो ।