२०८१ कार्तिक २३, शुक्रवार , १२:३८:५२ बजे

Sajhamanch
'

ट्रम्पपछि निशानामा ह्‌यारिस, कार्यालयमा गोलीबारी

बुधवार, असोज ९, २०८१

झापा । अमेरिकामा आगामाी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा डेमोक्रोटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई निशाना बनाइएको छ ।

एरिजोनामा रहेको ह्यारिसको चुनावी अभियान कार्यालयमा गोलीबारी भएको छ । प्रहरीले यस मामिलामा अनुसन्धान गरिरहेको छ ।

यो घटना चुनावी अभियानका लागि ह्यारिस एरिजोना जानुभन्दा केही दिनअघि भएको हो । सेप्टेम्बर २३ मा गोलीबारीले ह्यारिसको अभियान कार्यालयको झ्यालको शिशा फुटालिएको प्रहरीले मंगलबार एक विज्ञप्तिमा भनेको छ ।

कामदारहरूले फोन गरेपछि सोमबार अधिकारीहरू घटनास्थलमा पुगेका थिए । रातिको समय भएकोले घटनाको समयमा कार्यालयमा कोही पनि थिएनन् । तर यसले भवन र आसपास रहने मानिसहरूको सुरक्षाबारे चिन्ता उत्पन्न गरेको प्रहरीको भनाइ छ ।

हालैका हप्तामा सो कार्यालयलाई निशाना बनाएर भएको यो दोस्रो घटना भएको भनिएको छ । यस अघि सेप्टेम्बर १६ मा सोही कार्यालयको अगाडिको झ्यालमा गोली प्रहार भएको थियो ।

सम्बन्धित खबर