२०८१ पौष २४, बुधवार , ०१:५५:५६ बजे

Sajhamanch
'

श्रीलङ्कामा वामपन्थी नेता दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो

आइतवार, असोज ६, २०८१

झापा । श्रीलङ्कामा वामपन्थी नेता अनुरा दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो बनेको छ । राष्ट्रपति चुन्न भएको मतदानको मतगणनामा अहिलेका राष्ट्रपति रनिल विक्रमासिंघेलाई वामपन्थी नेता दिसानायकेले उछिन्नुभएको छ ।

श्रीलङ्कामा १० औं राष्ट्रपति चयन गर्न हिजो मतदान भएको थियो । एक करोड ७० लाख मतदातामध्ये झन्डै ७५ प्रतिशतले मत खसालेका थिए ।

पछिल्लो मतपरिणाम अनुसार दिसानायकेले ४२ प्रतिशत मत प्राप्त गरेका छन् । दिसानायके नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनका उमेद्वार छन् ।

उनका प्रतिस्पर्धी साजिश प्रेमदासा दोस्रो र विक्रमासिंघे तेस्रो स्थानमा छन् । प्रेमदासाले कुल मतको झन्डै ३२ र दोस्रो कार्यकालका लागि उम्मेदवार रहेका विक्रमासिङ्घेले अहिलेसम्म १६ प्रतिशत मत प्राप्त गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिमा चयन हुन कम्तिमा ५१ प्रतिशत मत चाहिन्छ । पहिलो चरणको मतगणनामा उमेद्वारले ५१ प्रतिशत मत ल्याउन असफल भएमा दोस्रो चरणको मतदान हुनेछ ।

सन् २०२२ को आर्थिक सङ्कटयता श्रीलङ्कामा भएको यो पहिलो चुनाव हो । आर्थिक सङ्कटले गोटाबाया राजापाक्षे सरकारविरुद्ध जनआन्दोलन भएपछि उनी देश छाडेर भाग्न बाध्य भएका थिए।

सम्बन्धित खबर