
काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा सार्वजनिक गरेको छ । कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित भएको हो ।
गएको भदौ १८ गतेदेखि २४ गतेसम्म भएको सीप परीक्षणमा ८ हजार ९३२ जना सहभागी भएकोमा ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार अब कोरिया जानेहरुको रोस्टर तयार गर्नुअघि पास हुनेको स्वास्थ्य परीक्षण हुनेछ ।