२०८१ असोज ४, शुक्रवार , ०७:५३:३७ बजे

Sajhamanch
'

भारतको सर्वोच्च अदालतले आफ्नो युट्युब च्यानल हटायो

शुक्रवार, असोज ४, २०८१

झापा । भारतको सर्वोच्च अदालतले आफ्नो आधिकारिक युट्युब च्यानल हटाएको छ । सर्वोच्च अदालतको युट्युब च्यानल ह्याक भएको र त्यसमा क्रिप्टोकरेन्सीसँग जोडिएको सामग्री देखिएपछि च्यानल नै हटाइएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतको सर्वोच्च अदालतले एक सूचना निकालेर आफ्नो युट्युब च्यानललाई हटाइएको र आफ्नो युट्युब च्यानलको सेवा फेरि शुरू गरिने बताएको छ ।

यद्दपि सर्वोच्च अदालतले निकालेकोे सूचनामा युट्युब च्यानल ह्याक भएको थियो कि थिएन भन्नेबारेमा जानकारी नदिएको बीबीसीको खबरमा उल्लेख छ ।

यस्तै युट्युब च्यानल किन हटाइएको भन्नेबारेमा पनि सर्वोच्च अदालतले विज्ञप्तिमा जानकारी दिएको छैन ।

सम्बन्धित खबर