२०८१ पौष २५, बिहिवार , ०६:३९:०१ बजे

Sajhamanch
'

दिल्लीका मुख्यमन्त्री केजरीवालले आज राजीनामा दिने

मङ्गलवार, असोज १, २०८१

झापा । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज राजीनामा दिने भएका छन् । उनले जाँड–रक्सीजन्य पदार्थसम्बन्धी घोटाला प्रकरणमा जमानत प्राप्त हुनासाथ पदबाट राजीनामा दिने बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गएको २१ मार्चमा पक्राउ परेर लामो समय तिहाड जेलमा बिताएका केजरीवालले राजीनामा दिन लागेका हुन । उनको आम आदमी पार्टीले अब नागरिकबाट इमानदारिताको प्रमाणपत्र लिएर मात्रै पदमा फर्किने बताएको छ । केजरीवालले दुई दिनअघि राजीनामाको घोषणा गरेका थिए।

आम आदमी पार्टीले आजै नयाँ मुख्यमन्त्रीको नाम चयन गर्नेछ । केजरीवालकी पत्नी सुनिता केजरीवाल मुख्यमन्त्री बन्ने चर्चा भइरहे पनि सम्भावना भने कम रहेको भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’ ले जनाएको छ । नयाँ मुख्यमन्त्रीका रूपमा सुनितासहित आतिशी सिंह, गोपाल राय तथा कैलाश गहलोतको चर्चा भइरहेको छ ।

सम्बन्धित खबर