२०८१ असोज २, बुधवार , ०१:३४:३५ बजे

Sajhamanch
'

९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण, ६ जनाको मृत्यु

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो ।

सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् ।

यस्तै, बागमतीका २ हजार ४५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् । यस्तै, मधेसमा १८० जना, लुम्बिनीका ६४४ जना, कर्णालीका १३९ जना र सुदूरपश्चिममा ५०४ जनामा डेंगु फैलिएको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् ।

सम्बन्धित खबर