२०८१ असोज २, बुधवार , ०९:०१:१४ बजे

Sajhamanch
'

भेनेजुएलाको प्रहरीद्वारा तीन जना अमेरिकीसहित ७ जना नागरिक पक्राउ

आइतवार, भदौ ३०, २०८१

झापा । भेनेजुएलाको प्रहरीले तीन जना अमेरिकीसहित सात जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीन जना अमेरिकी, तीन जना स्पेनीस र एक जना चेक गणतन्त्रका नागरिक रहेको बीबीसी हिन्दीले जनाएको छ । प्रहरीका अनुसार सातै जनालाई देशमा अस्थिरता फैलाएको आरोपमा पक्राउ गरिएको हो ।

भेनेजुएलाका आन्तरिक मन्त्री डियोसडाडो काबेलोले पक्राउ परेकाबाट सयौं हतियार जफत गरेको पनि बताएका छन् । पक्राउ परेका विदेशी नागरिकले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य शीर्ष अधिकारीको हत्या गर्ने षड्यन्त्र रचेका मन्त्री काबोलोको दाबी छ ।

अमेरिकाले भेनेजुएलाका १६ जना उच्च तहका नेता र कर्मचारीमाथि प्रतिबन्ध लगाएको दुई दिनपछि सात जना पक्राउ परेका हुन् । भेनेजुएला सरकारले पक्राउ परेका स्पेनी नागरिक स्पेनको गुप्तचर केन्द्र सीएनआईसँग जोडिएको बताएको छ ।

अघिल्लो महिना भेनेजुएलामा भएको राष्ट्रपतीय चुनावमा निकोलस मादुरो विजयी भएपछि राजनीतिक सङ्कट चुलिएको छ । अमेरिका र युरोपेली देशले चुनावमा धाँधली भएको भन्दै मान्यता दिएका छैनन् । मादुरोका प्रमुख विरोधी नेतालाई स्पेनले शरण दिएपछि स्पेन र भेनेजुएलाबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ ।

सम्बन्धित खबर