काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रक दुर्घटना भएको छ
। सिमराबाट काठमाडौका लागि छुटेको तेल बोकेको ना ६ ख ६२८३ नम्बरको ट्रक बिहान नारायणगढ–मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूली नदीको किनारमा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार ट्रकका चालक र सहचालक अहिलेसम्म सम्पर्कमा रहेका छैनन् । प्रहरी टोलीले दुर्घटनास्थलमा पुगेर अनुसन्धानसहित आवश्यक काम गरिरहेको छ ।
यसअघि गएको असार २८ गते सिमलतालबाट दुई वटा बस त्रिशूली नदीमा खसेका थिए । यो क्षेत्रमा पटक–पटक दुर्घटना हुँदै आएको छ ।