२०८१ असोज २, बुधवार , ०४:३५:५४ बजे

Sajhamanch
'

यागी आँधीपछि म्यानमारमा बाढी : ३३ जनाको ज्यान गयो

शनिवार, भदौ २९, २०८१

झापा । टाइफुन यागी आँधीपछि म्यानमारमा ठूलो बाढी आएको छ । बाढीमा परी कम्तीमा ३३ जनाले ज्यान गुमाएका छन् । २ लाख ३ हजार भन्दा धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएका त्यहाँका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

म्यानमारको सैन्य सरकारले प्रभाव कम गर्न विदेशी सहायताको लागि अनुरोध गरेको छ । राजधानी नेपिडाव सबैभन्दा बढी प्रभावित क्षेत्रमा परेको छ । घरबारविहीन भएका पीडितका लागि केही अस्थायी राहत शिविर स्थापना गरिएको छ ।

यस वर्षको एशियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चीनको हाइनान टापु र फिलिपिन्समा प्रभाव पारेको छ । तर भियतनाममा यसको प्रभाव कम हुन थालेको छ ।

यागीकै कारण प्रभावित देशमा ज्यान गुमाउनेको सङ्ख्या भने तीन सय नाघेको छ । भियतनाम दुई सय धेरैले ज्यान गुमाएका छन् । बिजुलीको टावर, भवन, सडक, पुल र घरहरुमा क्षति भएको छ ।

सम्बन्धित खबर