२०८१ चैत ५, मङ्गलवार , ०७:००:०२ बजे

Sajhamanch
'

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन

बिहिवार, भदौ २७, २०८१

झापा । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । बिहीबार यचुरीको ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । यचुरी लामो समयदेखि स्वास नलीको संक्रमणबाट ग्रसित थिए । उनी पछिल्लो समय १९ अगष्टमा दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए ।

आइसीयुमा भर्ना गरिएका उनको केही दिनअघि मात्र मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । उनको जन्म १९५२ अगष्ट १२ मा भएको थियो ।

सम्बन्धित खबर