२०८१ चैत ३, आइतवार , ११:३५:५० बजे

Sajhamanch
'

पाकिस्तानमा पोलियो कार्यकर्ता र प्रहरीको हत्या

बिहिवार, भदौ २७, २०८१

झापा । पाकिस्तानमा बालबालिकालाई पोलियो खोप लगाउने अभियानका क्रममा पोलियो कार्यकर्ता र प्रहरीको हत्या भएको छ ।

लाखौँ बालबालिकालाई खोप दिने पछिल्लो कार्यक्रम चलिरहेको अवस्थामा उत्तरपश्चिमी पाकिस्तानमा बन्दुकधारीहरूले हिजो उनीहरुको हत्या गरेका प्रहरीले बताएको छ ।

विश्वमा पाकिस्तान र अफगानिस्तानमा पोलियोको प्रभावकारी खोपको बावजुद महामारी कायमै छ । विद्रोहीहरूले एक दशकभन्दा बढी अवधिमा सयौँ अधिकारी र पोलियो कार्यकर्ताको हत्या गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अफगानिस्तानको सिमानामा रहेको बाजौर जिल्लामा आक्रमण भएको हो । एक हप्तासम्म चल्ने खोप अभियान कार्यक्रमको तेस्रो दिन आक्रमण भएको हो । अहिले बाजौर जिल्लाको केही भागमा खोप अभियान रोकिएको छ ।

प्रहरी अधिकारीहरू नियमित रूपमा अशान्त क्षेत्रहरूमा घर–घर जाने पोलियो कार्यकर्ताहरूको सुरक्षाका लागि तैनाथ हुन्छन् तर पनि आपराधिक समूहबाट उनीहरू माथि आक्रमण भइरहने गरेको छ ।

सम्बन्धित खबर