२०८१ भदौ ३१, सोमवार , ०९:१६:३६ बजे

Sajhamanch
'

अमेरिका : जर्जियाको विद्यालयमा गोली चल्दा चार जनाको ज्यान गयो

बिहिवार, भदौ २०, २०८१

झापा । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको ज्यान गएको हो भने ८ विद्यार्थी र एक जना शिक्षक घाइते भएका हुन् ।

एटलान्टाको ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा अन्धाधुन्द गोली चलेको बीबीसीले जनाएको छ ।

गोली चलाएको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । उनी त्यही विद्यालयका विद्यार्थी रहेका प्रहरीले जनाएको छ । उनलाई वयस्कलाई जस्तै कारबाही गर्ने तयारी गरिएको प्रहरीको भनाइ छ । अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक–पटक हुँदै आएको छ ।

यो वर्ष मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५ औँ घटना भएको खबरमा उल्लेख छ । यसअघि सन् २०२३ मा ८२ वटा विद्यालयमा गोली चलेको थियो भने २०२२ मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए ।

सम्बन्धित खबर