२०८१ माघ २४, बिहिवार , १२:४४:४९ बजे

Sajhamanch
'

भारतको हिमतालहरूमा प्रविधियुक्त बाढी चेतावनी प्रणाली जडान शुरू

बुधवार, भदौ १९, २०८१

झापा । भारतले फुट्ने जोखिम भएका हिमतालमा उच्च–प्रविधियुक्त चेतावनी प्रणाली जडान गरिरहेको छ । जलवायु परिवर्तनका कारण हिमतालहरू फुट्ने खतरा बढेको भन्दै झण्डै २०० वटा हिमतालमा प्रविधियुक्त चेतावनी प्रणाली जडान गरेको त्यहाँका प्रकोप अधिकारीहरूले बताएका छन् ।

भारतका हिमालयमा रहेका साढे सात हजार हिमतालमध्ये धेरैमा बाढी आउने जोखिम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) को टोलीले सबैभन्दा जोखिम मानिने १९० उच्च उचाइका तालहरूलाई लक्षित गरेर तीन वर्षमा उच्च–प्रविधियुक्त चेतावनी प्रणाली जडान गरिसक्ने उद्देश्यले काम गरिरहेको बताएका छन् ।

यो कार्यक्रमले भारतमा हिमाली क्षेत्रहरू, उत्तरमा कास्मिर र लद्दाखदेखि उत्तरपूर्वमा अरुणाचल प्रदेशसम्म, चीनको सीमासँग जोडिएका धेरै क्षेत्रलाई समेट्नेछ । एनडिएमएले जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण प्रगति गर्ने विश्वास व्यक्त गरेको छ ।

यो टोलीमा सेना र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनलगायत धेरै सरकारी एजेन्सीका विशेषज्ञ, भूगर्भविद्, जलवैज्ञानिक, कम्प्युटर इन्जिनियर र मौसम विशेषज्ञ संलग्न छन् ।

सम्बन्धित खबर