
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा मानव बेचबिखनविरुद्धको अठारौं राष्ट्रिय दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाएको छ।
केन्द्रले यही बिहीबार (भदौ २० गते) पर्ने उक्त दिवसलाई सफल बनाउन रचनात्मक, सिर्जनात्मक तथा सन्देशमूलक कार्यक्रम विद्यालयमा आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्न अनुरोध गरेको हो।
उक्त कार्यक्रमका लागि सहयोग, समन्वय र सहजिकरण गरिदिन केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई अनुरोध पनि गरेको छ।