![](https://sajhamanch.com/wp-content/uploads/2024/09/INDFIA.jpg)
झापा । भारतको तेलङ्गाना र आन्ध्र प्रदेशमा हिजोदेखि लगातार परिरहेको पानीका कारण आएको बाढी र डुबानमा परेर नौ जनाको ज्यान गएको छ । अझै केही व्यक्ति डुबानमा परेर हराइरहेका छन् ।
यस क्षेत्रमा हिजैदेखि ठूलो पानी परिरहेकाले जनजीवन प्रभावित भएको छ । धेरै क्षेत्रमा बाढी आएको छ । रेल र बस सेवा प्रभावित भएको छ ।
तेलङ्गानाका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले सावधानी अपनाउँदासमेत केहीले ज्यान गुमाउनुपरेको बताउएको बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।
दुवै राज्यमा बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई निकालेर राहत शिविरमा लगिएको छ । उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली खटाइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले आन्ध्र प्रदेश र तेलङ्गानाका मुख्यमन्त्रीसँग कुरा गरेर प्रभावित क्षेत्रमा केन्द्रबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
तेलङ्गाना र आन्ध्र प्रदेशका धेरै क्षेत्रमा अझै केही दिन लगातार वर्षा भइरहने अनुमान गरिएको छ । जोखिम क्षेत्र र प्रभावित क्षेत्रका बासिन्दालाई साबधानी अपनाउन त्यहाँको मौसम विभागले आग्रह गरेको छ ।