२०८१ भदौ २९, शनिवार , ०७:३३:४२ बजे

Sajhamanch
'

जापानले अहिलेसम्मकै सबैभन्दा धेरै रक्षा बजेट प्रस्ताव गर्‍यो

शनिवार, भदौ १५, २०८१

झापा । क्षेत्रीय तनाव बढेसँगै जापानले अहिलेसम्मकै सबैभन्दा धेरै रक्षा बजेट प्रस्ताव गरेको छ । जापानले आर्थिक वर्ष २०२५ को लागि ५९ अर्ब डलर बराबरको रक्षा बजेटको प्रस्ताव गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीन, उत्तर कोरिया लगायतका देशसँग जापानको राम्रो सम्बन्ध छैन । नयाँ बजेटले जापानको प्रति–आक्रमण क्षमतालाई बढावा दिने जनाएको छ ।

रक्षा मन्त्रालयले लामो दूरीको रक्षा क्षमता बढाउन आठ खर्ब ७० अर्ब येन विनियोजन गर्ने योजना बनाएको छ, जसमा विभिन्न लामो दूरीका क्षेप्यास्त्रको तैनाथी र ठूलो उत्पादन समावेश छ । युद्धपोत, जहाज र क्षेप्यास्त्रको पहिचान र अनुगमन गर्न सक्षम साना क्षेप्यास्त्र प्रणालीको विकासका लागि थप ३ खर्ब २ अर्ब येन छुट्याउने प्रस्ताव छ ।

जापानको सैन्य क्षमताको प्रस्तावित बिस्तारले आन्तरिक र अन्तर्राष्ट्रिय स्तरमा चिन्ता उत्पन्न गरेको छ । जापानको कदमले एशिया क्षेत्रमा हतियारको दौडलाई उत्प्रेरित गर्ने सम्भावना देखिएको र यसले क्षेत्रीय सुरक्षालाई अस्थिर बनाउन सक्ने एक रिपोर्टमा उल्लेख छ ।

सरकारले आर्थिक वर्ष २०२३ देखि २०२७ सम्मको रक्षा खर्चमा ४४० खर्ब येन विनियोजन गर्ने योजना बनाएको छ, जुन अघिल्लो पाँच वर्षको अवधिमा भएको रकमको डेढ गुणाभन्दा धेरै हो ।

सम्बन्धित खबर