२०८१ माघ ५, शनिवार , ०५:३३:४१ बजे

Sajhamanch
'

छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१ शुरू

शनिवार, भदौ १५, २०८१

काठमाडौं । छुनुमुनुको आयोजनामा ‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१ शुरू भएको छ । नेपाल फिल्म क्याम्पसमा हिजोदेखि शुरू भएको महोत्सव यही २० गतेसम्म चल्नेछ । नेपाल र भारतका कलाकारलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्न महोत्सव आयोजना गरिएको निर्देशक प्रभाकर न्यौपानेले बताए।

कार्यक्रमले विद्यालयमा पढ्ने विद्यार्थीको प्रतिभा प्रस्फुटनसहित मञ्च प्रदान गर्न सहयोग गर्ने र आउँदा दिनमा यसको निरन्तरताका लागि प्रयास गरिने पनि उनले बताए।

छुनुमुनुले अहिलेसम्म देशभरिका २८ बढी विद्यालयमा अध्ययनरत झण्डै तीन हजार बढी विद्यार्थीलाई रङ्गमञ्च र अभिनयसम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गर्दै आएको छ ।

भारतका नाटक विद्यालय चार, नेपालको आठमध्ये उपत्यका बाहिरका दुई वटा, सामुदायिक एउटा र पाँच वटा संस्थागत विद्यालयका विद्यार्थीले नाटक मञ्चन गर्नेछन् । महोत्सवमा झण्डै १० वटा नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर