२०८१ भदौ २९, शनिवार , ०७:४५:०६ बजे

Sajhamanch
'

मैनालीको रणमैदानलाई मदन पुरस्कार, यादवलाई जगदम्बाश्री

शनिवार, भदौ १५, २०८१

काठमाडौं । उपल्लो थलो, मान्ठ डराएको जुग, देखेको देश जस्ता पुस्तक लेखेर प्रसिद्धि कमाएका खोज पत्रकार तथा अनुसन्धाता मोहन मैनालीको अर्को कृति मुकाम रणमैदानले मदन पुरस्कार पाउने भएको छ ।

नेपाल अंग्रेज युद्धसम्बन्धी पछिल्लो अनुसन्धान पुस्तक मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने घोषणा मदन पुरस्कार गुठीले शुक्रबार गरेको हो ।

पुरस्कार घोषणापछि मैनालीले ‘मदन पुरस्कारको घोषणा अप्रत्याशित तर ऊर्जा दिने खबर हो । म अझै काम गर्नेछु’ भनेका छन् ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो ।

जसमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नून–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।

साथै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

डा. यादव भाषा विज्ञान विषयका प्राध्यापक हुन् । उनी त्रिविको भाषा विज्ञान विभागको पूर्वप्रमुख थिए ।

दुवै पुरस्कारको राशि ४–४ लाख रुपैयाँ रहेको छ । पुरस्कार आगामी असोजमा वितरण हुनेछ ।

सम्बन्धित खबर