२०८१ भदौ २९, शनिवार , ११:१३:११ बजे

Sajhamanch
'

पाकिस्तानको खैबर पख्तुनख्वामा पहिरो, एकै परिवारका १२ जनाको मृत्यु

शुक्रवार, भदौ १४, २०८१

झापा । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षापछि आएको पहिरोमा परेर एकै परिवारका १२ जनाको मृत्यु भएको छ ।

भारी वर्षाका कारण सो परिवार बस्दै आएको कच्ची घरको छाना खसेको माथिल्लो डीर जिल्लाका राहतकर्मीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । दुर्घटनाको समयमा परिवारका सदस्यहरू सुतिरहेका थिए ।

भग्नावशेषबाट निकालिएकामध्ये यस परिवारका नौ जना बालबालिकाको शव रहेको बताइएको छ । खैबर पख्तुनख्वामा विगत एक महिनादेखि भारी वर्षा भइरहेको छ ।

जसका कारण बाढीले यहाँको एउटा ठूलो पुल पनि बगाएको छ । पहिरोका कारण काराकोरम राजमार्गको एक भाग पनि बन्द भएको छ ।

सम्बन्धित खबर