२०८१ भदौ २९, शनिवार , ०४:४८:३५ बजे

Sajhamanch
'

इजरायलले गोला प्रथाबाट छान्यो केयर गिभरमा लैजाने २२०० नेपाली

शुक्रवार, भदौ १४, २०८१

काठमाडौं । इजरायलले केयर गिभरका लागि लैजाने २२ जना नेपाली गोला प्रथाबाट छनोट गरेको छ । इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण ९पिवा० ले गोला प्रथामार्फत दुई हजार २०४ जना नेपाली कामदारको छनोट गरेको हो ।

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदकहरूको कागजात छानबिन गरिरहेकै बेला इजरायलले श्रमिक छनोट प्रक्रिया अघि बढाएको हो ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बिहीबार इजरायलले श्रमिक छनोट गरेको जानकारी दिए । विभागले नेपाली केयर गिभरका लागि आएको आवेदनमाथि छानबिन गरी ३ हजार ४६१ जनाको नामावली इजरायल पठाएको थियो ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन दिंदा केयर तालिम भन्दै नक्कली प्रमणपत्र पेस भएको खुलासा भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।

मन्त्रालयले कामदार छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकता जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गरेको थियो । हाल छानबिन जारी रहेको मन्त्रालयले जनाएको छ ।

सुरुमा इजरायलले ८०० जना श्रमिक लैजाने भनेकोमा पछि दुई हजार जना श्रमिक लैजाने भन्दै पत्र पठाएको थियो ।

सम्बन्धित खबर