२०८१ कार्तिक २४, शनिवार , १०:००:३४ बजे

Sajhamanch
'

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको ज्यान गयो

शुक्रवार, भदौ १४, २०८१

पाँचथर । पाँचथरको फालेलुङ-५ मा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका चार जनामध्ये दुई जना बालबालिकाको ज्यान गएको छ । हिजो दिउँसो भएको विष्फोटमा स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाई वर्षकी छोरी प्रिन्सा साँवा गम्भीर घाइते भएका थिए ।

उनीहरुको पाँचथर अस्पतलामा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि झापा रेफर गरिएको थियो । थप उपचारको लागि झापातर्फ लैजाँदै गर्दा प्रिन्साको राति बाटोमै ज्यान गएको र ११ वर्षीय दिप्सनको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए ।

९ वर्षीय पवन राईको पाँचथर अस्पतालमा नै उपचार भइरहेको छ । घटनामा ७ वर्षीय दिपशा राई सामान्य घाइते भएकी र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।बालबालिका खेलिरहेका बेला ठूलो आवाजमा केही पड्किएको सुनेपछि भेला भएका स्थानीयबासिन्दाले बालबालिकालाई घाइते अवस्थामा भेटेका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रमुख भण्डारीले बताए । घटनास्थलमा अर्को एउटा शङ्कास्पद वस्तु समेत भेटिएकाले डिस्पोजका लागि आज बिहान नेपाली सेनाको टोली त्यसतर्फ गएको पनि भण्डारीले जानकारी दिए।

सम्बन्धित खबर