२०८१ भदौ २९, शनिवार , ०२:१२:४६ बजे

Sajhamanch
'

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

शुक्रवार, भदौ १४, २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ।

शुक्रबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी वायुको प्रभावले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा दिउँसो भारी वर्षा हुने प्रक्षेपण पनि गरेको छ।

शुक्रबार राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा राति पनि मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।

सम्बन्धित खबर