२०८१ भदौ २९, शनिवार , ०८:३८:१० बजे

Sajhamanch
'

अमेरिकामा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या, हत्याराको पहिचान

बिहिवार, भदौ १३, २०८१

झापा । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेको उनकै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो ।

मुनालाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार साँझ ५ः३५ बजे ह्युस्टन प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्टभित्र धेरैवटा गोली लागेको अवस्थामा मृत फेला पारिएको बताएको छ ।

भोजपुरकी मुना सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत रहेको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जानकारी दिए । मुना सुरुमा नेपालबाट गएकी साथीसँगै बसेकी थिइन् । केही समययता भने एक्लै अपार्टमेन्टमा बस्थिन् ।

हाल काठमाडौंको काँडाघारीमा बसोबास गरिरहेकी मुनाकी आमा अनिता पाण्डेका अनुसार छोरीको हत्याबारे उनले मंगलबार बिहान खबर पाएकी थिइन् । मुना अनिताको एकमात्र छोरी थिइन् ।

अमेरिकाबाट खबर गर्नेले चार दिन पहिले नै उनको हत्या भइसकेको भन्ने जानकारी प्रहरीबाट प्राप्त भएको सुनाएका छन् ।अनिताका अनुसार पछिल्लो समय मुनाले एक अमेरिकी श्वेत युवकसँग प्रेमसम्बन्ध रहेकोबारे परिवारलाई समेत सुनाएकी थिइन् ।

तर पछिल्लो अवस्थाबारे भने उनी स्पष्ट छैनन् । मुना २०२१ अगस्टमा अमेरिका गएकी थिइन् । प्रहरीले शनिवार साँझ भएको सो हत्यामा संलग्न व्यक्तिको पहिचान भइसकेको बताएको छ । संलग्न व्यक्तिको तस्वीर सार्वजनिक गरिएको छ ।

सम्बन्धित खबर